SHARE
कालिका खबर · बुधबार ६ साउन २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

मोरङ । मोरङको उर्लाबारीस्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिका वडा नम्बर २ मा रहेको उक्त वन क्षेत्रबाट एक थान भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने विस्फोटक पदार्थहरू बरामद गरिएको हो। मंगलबार राति करिब ९:०० बजेको समयमा सुनझोडा सामुदायिक वनमा चोरी सिकारी भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली खटिएको थियो।