प्रतिपक्षीद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौं । प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । बुधबार कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जसपा नेपालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६७ बमोजिम विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाषर्ण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो । कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त प्रस्तावक रहेको प्रस्तावमामनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३ को हालसम्मको कार्यान्वयन अवस्था र विपद् व्यवस्थापनमा पूर्वतयारीको अवस्थाका बारे जानकारी माग गरिएको छ ।
