बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौं । चितवनमा सोमबार बिहान बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग१ख ४१४० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१२प ६९९२ नम्बरको मोटरसाइकल चितवनको भरतपुर महानगरपालिका-२९ स्थित १७ किलोमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
