SHARE
लोक पथ · सोमबार १६ भौ २०८२ ०८:५६ AM · 1 मिनेट पढाइ

नासु पदपूर्तिमा अब १० प्रतिशत खुला प्रतिस्पर्धा हुने

काठमाडौं । संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्थामा सहमति जुटेको छ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्थामा सहमति  जुटेको हो । यसअघि प्रतिनिधिसभाले पास गरेको निजामती सेवा विधेयक प्रतिवेदनमा नासु पद शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था गरिएको थियो। तर राष्ट्रियसभामा पुग्दा यो व्यवस्था उल्टिएको छ।