SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ ०१:०६ AM · 1 मिनेट पढाइ

काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो

भद्रपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय तीव्रता पाएको छ । एसियाली विकास बैंक (एडिबी)को रु ४६ अर्ब ऋण सहयोगमा निर्माणाधीन आयोजनाअन्तर्गत पूर्वी खण्डमा सडक कालोपत्र गर्ने काम धमाधम भइरहेको छ । सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयमार्फत ९५ किलोमिटर लामो यस सडकलाई पाँच प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको छ ।