लुम्बिनी सरकारबाट कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले संसदीय दलमा सामूहिक राजीनामा बुझाएका छन् । प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले आइतबार कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा बुझाएका हुन् । सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले आफूहरूले दलका नेतालाई राजीनामा पठाएको पुष्टि गरेका छन् ।
