भारत सरकारको आर्थिक सहयोगमा कञ्चनपुरमा विद्यालय भवन बन्दै
काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थित महेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको छ । भारत सरकारको १.९ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा विद्यालय भवन बन्न लागेको हो ।
