SHARE
कालिका खबर · आइबार​ १० साउन २०८३ १२:४४ PM · 1 मिनेट पढाइ

कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे

काठमाडौ । गोधूलि कला साहित्य प्रतिष्ठानका कोषाध्यक्ष एलेन घिमिरेले गोधूलिको कार्यक्रम कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता भएको बताएका छन् । शनिवार एउटै मञ्चबाट गोधूलिले पन्ध्र स्रजकलाई अभिनन्दन, सम्मान तथा पुरस्कृत गरेको छ । सोही कार्यक्रमबारे प्रतिक्रिया दिदै घिमिरेले यस्तो बताएका हुन । नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा शनिबार सम्पन्न कार्यक्रममा योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. रमेशकुमार ढुंगेललाई ‘गोधूली वाङ्मय शिखर अभिनन्दन’ अर्पिएको हो। त्यसैगरी वरिष्ठ कवि राजेन्द्र शलभ तथा वरिष्ठ साहित्यकार डा. छायादत्त न्यौपाने ‘बगर’लाई रु। एघार हजार एक सय एघारसहित ‘गोधूलि–भानु काव्यश्री सम्मान’ प्रदान गरियो।