SHARE
अन्नपूर्ण · सोमबार ११ साउन २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

कप्तानगन्जमा प्रहरीकाे गाेली लागेर युवकको मृत्यु

विराटनगर : सुनसरीको कप्तानगन्जमा सशस्त्र प्रहरीकाे गाेली लागेर मृत्युु भएका युवककाे पहिचान खुलेको छ । मृतक देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहता रहेको सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार गाेली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको न्युराे अस्पताल पुर्याउनसाथ आइतबार राति ११:२५ बजेतिर चिकित्सकले मृत घाेषणा गरिदिएका हुन् ।