SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

वरिष्ठ पत्रकार ज्ञवालीको निधन

लुम्बिनी । प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । रुपन्देहीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका अग्रज पत्रकार ज्ञवालीको उपचारको क्रममा गएराति काठमाडौँमा निधन भएको छोरा सागर ज्ञवालीले जानकारी दिए ।