‘द राइज अफ साम्राज्य’को औपचारिक घोषणा, नेपाली सिनेमाकै ठूलो स्केलको दाबी
काठमाडौँ । डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुति रहने नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’को घोषणा गरिएको छ । चलचित्रको निर्माण पक्षले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै टाइटल अनाउन्समेन्ट गरेको हो । सेलिब्रेटी लेखक बुद्धिसागरको लेखन रहेको चलचित्र ‘साम्राज्य’लाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् ।
