अब नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने सुविधा सुरु गरेको छ। यससँगै राष्ट्रिय परिचयपत्रका आधारमा नागरिक एपमा आबद्ध नेपाली नागरिकले अनलाइनमार्फत व्यक्तिगत बचत खाता खोल्न सक्ने भएका छन्। बैंकका अनुसार नागरिक एप प्रयोगकर्ताले एपमार्फत बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी खाता खोल्न सक्नेछन्।
