SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

जलवायु क्षतिपूर्तिका लागि नेपालले बनायो आधार

काठमाडौं : विगतमा पर्याप्त वैज्ञानिक प्रमाण नपुग्दा जलवायुजन्य क्षतिपूर्तिको बजेट पाउनबाट वञ्चित हुँदै आएको नेपालका लागि पहिलो पटक बलियो वैज्ञानिक आधार तयार भएको छ। पछिल्लो दुई दशकमा भएका जलवायु विपद्का घटनाबारे गरिएको एक विस्तृत अध्ययनले नेपालमा निरन्तर भइरहेका विनाशकारी बाढी, पहिरो, हिमताल विस्फोट, वर्षा र तापक्रम वृद्धिमा जलवायु परिवर्तनकै प्रत्यक्ष भूमिका रहेको पुष्टि गरिदिएको छ।