SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

कप्तानगन्जमा हिंसात्मक घटना : घाइतेसँग बयान लिएर छानबिन सुरु

विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले काम सुरु गरेको छ । समितिले सोमबार राति विराटनगर आइपुगेलगत्तै विभिन्न अस्पतालमा उपचाररत घाइतेसँग बयान लिएर प्रमाण संकलन थालेको हो । सुरक्षा स्रोतका अनुसार गोली लागेर घाइते भएका चार जनाको विराटनगरस्थित न्युरो अस्पताल, चार जनाको विराट नर्सिङ होम र एक जनाको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।