SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

नयाँ बजेट कार्यान्वयनमा महालेखाको कडाइ

काठमाडौं : महालेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनमा नीतिगत निर्देशन पठाएको छ। उसले खर्च निकासा, प्रतिवेदन तथा आन्तरिक लेखापरीक्षणलाई प्रभावकारी र अनुशासित बनाउन निर्देश गरेको छ।मार्गदर्शन अनुसार मन्त्रालयगत बजेट सूचना प्रणालीमा स्वीकृत बजेट र कार्यक्रमलाई आधार मानी एकल खाता कोष प्रणालीमार्फत भुक्तानी निकासाको व्यवस्था मिलाउन भनिएको छ। विनियोजित बजेटको उचित सदुपयोग सुनिश्चित गर्न महालेखाले खर्च नहुने बजेट फिर्ता गर्ने समयसीमासमेत निर्धारण गरेको छ।