SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ १०:०० AM · 1 मिनेट पढाइ

विश्वविद्यालयहरूलाई सुधार गर्नुपर्ने जरुरी छ : मन्त्री पोखरेल

महोत्तरी : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा पछिल्लो समय सुशासनको कमी देखिएको बताए । सोमबार साँझ महोत्तरीको गौशालास्थित इन्जिनियरिङ कलेज अनुगमनका क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पोखरेलले सो कुरा बताएका हुन्। आफूले गरेको अनुगमनका क्रममा त्यहाँका विद्यार्थी, क्याम्पस सञ्चालक तथा शिक्षाप्रेमीहरूसँग भएको छलफलबाट सो तथ्य पत्ता लागेको उनले जानकारी दिए।