SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

नालाको भित्तामा ठोक्किँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा :  धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडक खण्डमा हाइड्रोपावरका सामग्री बोकेको ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।बिराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्र.१–०२–००१ क ५३६३ नम्बरको ट्रक ब्रेक फेल भई सडकबाट चिप्लिएर नालातर्फ भित्तामा ठोक्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।