SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

वनमा बिरुवा नउम्रिएपछि ड्रोनमार्फत बीउ छर्न थालियो

रसुवा : लामो समयदेखि कुनै बिरुवा नउम्रेपछि सामुदायिक वनमा हरियाली बनाउन वनस्पति र घाँसका बीउ छर्ने कार्य सुरु गरिएको छ ।२०६५ सालमा डढेलोबाट उजाड बनेको वन क्षेत्रलाई पुनः हरियाली बनाउने उद्देश्यले आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङस्थित ज्यार्सा गोठिन सामुदायिक वनमा ड्रोनमार्फत बीउ छर्न सुरु गरिएको हो ।सामुदायिक वन समूहको सक्रियता तथा डिभिजन वन कार्यालय आयोजनामा १०० केजी बीउ छर्ने लक्ष्य राखिएको छ । प्रतिकूल मौसमका कारण पहिलो दिन २० किलो बीउ मात्र छर्न सकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।