SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

लोपोन्मुख पञ्चेबाजा संरक्षणमा भोजपुरका महिला

भोजपुर : कुनै बेला गाउँका डाँडापाखा, टोलबस्ती, चोकगल्ली र आँगनहरू पञ्चेबाजाको धुनले गुञ्जिन्थे । पञ्चेबाजा विवाह, व्रतबन्ध, पूजाआजा, भोजभतेरदेखि हरेक शुभकार्यमा पञ्चेबाजा नेपालीको सांस्कृतिक चिनारी थियो । पछि आधुनिकता र नयाँ प्रविधिसँगै पुस्तौंदेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको पञ्चेबाजा विस्तारै ओझेलमा पर्न थाल्यो ।तर भोजपुरमा भने यही चिन्तालाई आशामा बदल्ने अभियान सुरु भएको छ ।