SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

प्रस्तावित दुई निर्वाचन आयुक्तको संसदीय सुनुवाइ आज

काठमाडौं :प्रस्तावित दुई निर्वाचन आयुक्तहरूको संसदीय सुनुवाइ आज हुने भएको छ। त्यसका लागि मंगलबार बिहान ११:१५ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ।यसअघि ५ साउनमा सिंहदरबारमा बसेको समिति बैठकले आयोगको दुई आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ साउन १२ गते गर्ने निर्णय गरेको थियो। प्रमुख निर्वाचन आयुक्तको संसदीय सुनुवाइ भने भोलि हुने भएको छ।