SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

फोहोर उत्पादन, उपयोग र जनउत्तरदायित्व

विकास र आधुनिकताको नाममा हामीले कस्तो समाज निर्माण गरिरहेका छौं, जहाँ हामीले किनेको हरेक सुविधासँगै विनाशको प्याकेट निःशुल्क घर भित्रिरहेको छ ? सहरका गल्लीदेखि सगरमाथाको चुचुरोसम्म आज प्लास्टिक र उपभोग्य वस्तुको फोहोरले कब्जा जमाइसकेको छ। नागरिक कर तिर्छन्, स्थानीय सरकार बजेट खन्याउँछ, तर फोहोरको डंगुर घट्नुको साटो झन्झन् चुलिँदै छ।