सुनसरी झन अशान्त, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
सुनसरी : सुनसरीमा हिन्दु–मुस्लिम समुदायबीचको तनाव सोमबारको तुलनामा मंगलबार झन चर्किएको छ । आन्दोलनका कारण इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्म पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ भने जिल्लाको सदरमुकाम इनरुवा पूर्ण रूपमा बन्द भएको छ ।जिल्लाका विभिन्न स्थानमा हिन्दु समुदायका प्रदर्शनकारी हिन्दु बहुल क्षेत्रमा र मुस्लिम समुदायका प्रदर्शनकारी मुस्लिम बहुल क्षेत्रमा सडकमा उत्रिएर आन्दोलन गरिरहेका छन् ।
