लघुबित्त पीडितले थाले माइतीघरमा सामुहिक अनसन
काठमाडौं : वित्तीय शोषणविरुद्ध काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका लघुवित्त पीडितहरूले काठमाडौंमा सामुहिक अनसन सुरु गरेका छन् । देशका विभिन्न भागबाट काठमाडौं आएका पीडितहरूले लघुवित्त तथा बित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको आयोजनामा काठमाडौंको माइतीघरमा सामुहिक आमरण अनसन सुरु गरेका हुन् ।लघुवित्त संस्थाहरूको चर्को ब्याजदर, असुलीका नाममा दिइने मानसिक यातना र आर्थिक भारका कारण हजारौं परिवार विस्थापित हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।
