SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

सुनसरीको आन्दोलन झन् उग्र बनेपछि अनिश्चितकालीन कार्फ्यु जारी

सुनसरी : सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ), नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा कोशी प्रदेश प्रहरी नेतृत्वमा व्यापक हेरफेर गरे पनि जिल्लाको अवस्था झन् तनावग्रस्त बनेको छ। नयाँ नेतृत्वले प्रभावकारी समन्वय र परिस्थितिअनुसारको रणनीति अपनाउन नसक्दा आन्दोलन थप उग्र बन्दै गएको स्थानीयको गुनासो छ।मंगलबार बिहानदेखि इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्मको महेन्द्र राजमार्ग अवरुद्ध छ।