एनआईसी एशिया बैंकद्वारा नेपालपे कार्डमार्फत हुने भुक्तानी प्राप्ति सेवा सुरु
एनआईसी एशिया बैंकले आफ्नो डिजिटल बैंकिङ्ग सेवालाई अझ विस्तार र सुदृढ बनाउँदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को नेपालपे कार्डबाट हुने भुक्तानी प्राप्ति गर्ने सेवा सुरु गरेको छ। यससँगै अब बैंकले आफ्ना ग्राहकहरुका लागि नेपालपे कार्डमार्फत भुक्तानी प्राप्ति गर्न सहज हुनेछ। साथै, डिस्कभर नेटवर्क अन्तर्गत रुपे कार्डसहित अन्य अन्तर्राष्ट्रिय कार्डहरु पनि अब बैंकको एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ।
