कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा मंगलबार निधन भएको हो।श्रेष्ठलाई केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएका थिए। वरिष्ठ नेतामा मनोनयन भएको केही दिनमै उनको निधन भएको हो।
