चिकित्सकमाथि कार्यस्थलमै आक्रमण हुनु सभ्य समाजमा स्वीकार्य हुँदैन : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कार्यस्थलमै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि दुव्र्यवहार र भौतिक आक्रमण हुन सध्य समाजमा स्वीकार्य हुन नसक्ने बताएका छन् । सभापति थापाले साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटना अत्यन्तै दुःखद र निन्दनीय भएको बताएका छन् ।
