SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

सेती प्रादेशिक अस्पतालको ओपीडी सेवा ठप्प, बिरामी प्रभावित

 धनगढी : नेपाल चिकित्सक संघले घोषणा गरेको देशव्यापी आन्दोलनको प्रभाव सुदूरपश्चिमको रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा पनि परेको छ ।  आन्दोलनका कारण मंगलबार अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा पूर्ण रूपमा बन्द हुँदा दैनिक उपचारका लागि आउने करिब २ हजारसम्म बिरामी प्रभावित भएका छन्।अस्पतालमा नियमित रूपमा सञ्चालन हुँदै आएको ओपीडी सेवा बन्द भएपछि उपचारका लागि आएका बिरामीहरू मर्कामा परेका छन् ।