SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

श्रीमतीको ज्यान मार्ने उद्योग गर्ने श्रीमान पक्राउ

सर्लाही : सर्लाहीमा श्रीमती कुटपीट गरी मार्न खोजेको अभियोगमा श्रीमान पक्राउ परेका छन्। बागमती नगरपालिका –०५ टेकानीस्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने बसन्ता बैठा धोबीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।सर्लाही, धनकौल गाउँपालिका –०१ शेखौना बस्ने २१ वर्षीय धोबीले सोमबार राति करिब ८ बजे आफ्नै १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरी घाँटीमा साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेका थिए।