SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

देवानगन्ज गोलीकाण्डको विरोधमा विराटनगरमा बजार बन्द, सुनसरी र मोरङमा प्रदर्शन

विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको घटनाको विरोधमा मंगलबार पनि सुनसरी र मोरङका विभिन्न स्थानमा प्रदर्शन जारी रहेको छ। आन्दोलनकारीहरूले विराटनगरमा बजार बन्द गराउँदै शान्तिपूर्ण प्रदर्शन गरेका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीका विभिन्न स्थानमा सडक अवरुद्ध पारिएको छ। विराटनगरको प्रदर्शन हनुमान मन्दिरबाट सुरु भई ट्राफिक चोक, महेन्द्र चोक हुँदै पुनः हनुमान मन्दिर पुगेर सम्पन्न भएको थियो।