SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

निर्माणाधीन पुलको खाल्डोको पानीमा डुबेर दिदी–बहिनीको मृत्यु

वीरगन्ज : वीरगन्ज महानगरपालिका–२६ चक्रदहस्थित निर्माणाधीन पुल नजिकैको खाल्डोको पानीमा डुबेको अवस्थामा दुई बालिका मृत फेला परेका छन् । वडा नम्बर २६ सुगौलीका प्रभु ठाकुरकी छोरीहरु ५ वर्षीया पुच्की ठाकुर र ३ वर्षीया घघरी ठाकुर एउटै खाल्डोको पानीमा डुबेको अवस्थामा मंगलबार बिहान मृत फेला परेका हुन् ।प्रहरीका अनुसार, सोमबार ती बालिका आफना हजुरबुबवा किशोरी ठाकुरसगँ खेतमा गएका थिए ।