SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

काभा पुरुष भलिबल च्याम्पियनसिपमा सबै खेल हार्दै नेपाल जितविहीन

काठमाडौं : काभा पुरुष भलिबल च्याम्पियनसिप नेपाल पाँचौं स्थानको खेलमा काजकिस्तानसँग ३–० ले पराजित भएको छ । लिग चरणको ५ खेल हारेको नेपालले पाँचौं स्थानको खेल हार्दा नेपाल ६ टिममा छैटौं भएको हो ।पाकिस्तानको इस्लामाबादमा मंगलबार भएको खेलमा नेपाल काजकिस्तानसँग २५–१८, २७–२५ र २५–२० ले पराजित भएको हो । नेपालले सबै खेल हार्दै तालिकाको अन्तिममा रहँदै प्रतियोगिता सकाएको हो । एभआइभीबीको वरियतामा स्थान बनाए पनि नेपालको लागि यो प्रतियोगिताको नतिजा सुखद भने रहेन ।