SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

९२ वर्षको उमेरमा पनि शल्यक्रिया गर्दै डाक्टर सूरी श्रीमाथी

भारत : अहिलेसम्म तपाईंले भेट्नु भएका डाक्टरमध्ये सबैभन्दा धेरै अनुभव भएको डाक्टरको अनुभव कति थियो ? ३० वर्ष, ४० वर्ष वा ५० वर्ष ? तर के तपाईंले कहिल्यै करिब ७० वर्षको चिकित्सकीय अनुभव भएकी डाक्टर भेट्नु भएको छ ? सायद छैन । भारतकी एक डाक्टरले एमबीबीएस गरेपछि ६८ वर्षभन्दा बढी समयदेखि निरन्तर चिकित्सा सेवा दिइरहेकी छन् ।उनी हुन् डा. सूरी श्रीमाथी, जो भारतको हैदराबादमा बस्छिन्। ९२ वर्षको उमेरमा पनि उनी नियमित रूपमा शल्यक्रिया (अपरेशन) गरिरहेकी छन् ।