SHARE
लोक पथ · बुधबार १८ भौ २०८२ १२:५० PM · 1 मिनेट पढाइ

सरकारले मल कारखाना खोल्न ढिलाइ नगरोस् : विनोद चौधरी

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले मल कारखाना तत्काल स्थापना गर्न सरकारसँग माग गरेका छन् । मल कारखाना खोल्ने कुरामा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत तदारुकता देखाएको उल्लेख गर्दै उनले त्यसको निर्णय लिन सरकारलाई सचेत गराएका हुन् ।