त्रिवि क्रिकेट मैदान निरीक्षण : प्यारापिट निर्माण भदौ मसान्तसम्म पूरा हुने, फ्लड लाइट जडान ढिला हुने
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको सार्वजानिक नीति तथा प्रत्यायोजित विधायन समितिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेको छ। समितिले बुधबार मैदानको प्यारापिट निर्माण र फ्लडलाइट जडानको प्रगति मूल्याङ्कन गरेको हो। आयोजना प्रमुख चक्रवर्ती कण्ठले समितिलाई हालसम्मको कार्यप्रगति सम्बन्धी जानकारी दिएका थिए ।
