SHARE
लोक पथ · बुधबार १८ भौ २०८२ ११:५७ AM · 1 मिनेट पढाइ

बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने मन्त्रालयको पहल

काठमाडौं । बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवालाई दिगो र प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सिविन नेपालबिच सम्झौता भएको छ । सम्झौतासँगै कान्ति बाल अस्पताल र मानसिक अस्पताल, लगनखेलमा सञ्चालित विशेष मनोचिकित्सा इकाईहरू क्रमशः सरकारी व्यवस्थापनमा हस्तान्तरण हुने भएका छन् ।