SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ १२:३१ PM · 1 मिनेट पढाइ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

एजेन्सी । दक्षिण–पश्चिम फ्रान्समा पेरिस सहरको क्षेत्रफलभन्दा चार गुणा ठूलो भू–भागमा फैलिएको भीषण डढेलो बुधबार पनि नियन्त्रणबाहिर रहेको छ । तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएकाले अग्निनियन्त्रकले रातभर गरेको नियन्त्रण प्रयास बिफल हुने जोखिम बढेको छ ।