SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ १२:५५ AM · 1 मिनेट पढाइ

लिग २ क्रिकेट : नेदरल्यान्ड्ससँग नेपाल पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी एक दिवसीय शृङ्खलामा नेपालले लगातार चौथो हार बेहोरेको छ। बुधबार भएको खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएपछि नेपाल यस शृङ्खलामा जितविहीन बनेको हो। २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमै १६८ रनमा समेटियो।