ऋण असुलीबाट शिव शिखरका थप ५६ बचतकर्ताको रकम फिर्ता
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप ५६ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिकाअनुसार ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमको आधारमा बचत फिर्ता गर्ने प्रक्रिया निरन्तर जारी रहेको छ। हालसम्म शिव शिखर सहकारीका करिब एक हजार चार सय बचतकर्ताले आफ्नो बचत फिर्ता पाइसकेका छन्।
