पाँच सय सात परिवारलाई धुवाँरहित चुलो वितरण
चितवन । राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । राप्ती नगरपालिकासँग सहकार्य गरी सपना भिलेज सोसियल इम्प्याक्टले सङ्ख्यामा धुवाँरहित चुलो वितरण गरेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । नगरपालिकामा ४०५ र समुदायसँगको सहकार्यमा १०२ चुलो वितरण गरिएको उनले बताए ।
