स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। नियुक्तिपछि डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा उनले शपथ लिएका हुन्। सरकारले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा बोर्डको नेतृत्वका लागि डा. प्याकुरेललाई अध्यक्ष नियुक्त गरेको हो।
