अशान्त बन्यो मधेस, अहिलेसम्म कहाँ-कहाँ जारी भयो कर्फ्यु ?
प्रदर्शन, तोडफोड र आगजनीका कारण मधेश यतिबेला अशान्त बनेको छ । अवस्था जटिल बन्न नदिन त्यहाँ स्थित स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा जारी गरेका छन् । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले देशका चार जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश तथा निषेधाज्ञा जारी गरेका हुन् ।
