SHARE
पर्दाफास · बिहीबार १४ साउन २०८३ ११:४० AM · 1 मिनेट पढाइ

सुनसरी घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष यादव आमरण अनशनमा

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव बिहीबारदेखि काठमाडौंमा आमरण अनशनमा बसेका छन्। यसअघि सरकारलाई दिइएको २४ घण्टे अल्टिमेटमभित्र कुनै ठोस पहल नभएको भन्दै यादवले आमरण अनशन सुरु गरेको राष्ट्रिय एकता दलले जनाएको छ। काठमाडौंमा आयोजित अनशन कार्यक्रममा दलका नेता, कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो।