SHARE
पर्दाफास · बिहीबार १४ साउन २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

उपेन्द्र महतोसँग सीआईबीले गर्‍यो सोधपुछ

स्मार्ट टेलिकमको सम्पत्ति लिलामीसम्बन्धी अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यवसायी उपेन्द्र महतोसँग सोधपुछ गरेको छ। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले केही विषयमा जानकारी लिन आवश्यक परेकाले महतोलाई कार्यालयमा बोलाएर बयान तथा सोधपुछ गरिएको पुष्टि गरेका छन्।