SHARE
पर्दाफास · बिहीबार १४ साउन २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छ : प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक अवस्था र सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकार असफल भएमा त्यसले समग्र मुलुकलाई नै असफल राष्ट्र बनाउनेतर्फ सचेत गराएका हुन् ।