SHARE
पर्दाफास · मङगलबार ३१ भौ २०८२ ०१:४७ PM · 1 मिनेट पढाइ

थापाथलीका गाडी शोरुमहरू सामान्य अवस्थामा फर्किने प्रयासमा

जेन जी आन्दोलनको प्रदर्शनीबाट जोगिएका थापाथलीका गाडीका शोरुमहरु सामान्य अवस्थामा फर्किने कोसिसमा रहेका छन् । दशैँतिहार लगायतका चाडपर्वमा उत्साहमय देखिने यहाँको शोरुमहरुमा यसपटक भने उत्साह छैन । भदौ २४ गते जेन नि आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले यहाँको केही शोरुमहरुमा आगजनी गरेका थिए भने केहीमा तोडफोड गरेका थिए ।