SHARE
पर्दाफास · मङगलबार ३१ भौ २०८२ ०१:४२ PM · 1 मिनेट पढाइ

सुरक्षा प्रमुखहरुसँग मुख्यमन्त्री कडेंलले भने- नागरिक त्रसित छन, आश्वस्त पार्नुहोस

जेन–जी पुस्ताको आन्दोलनपछि उत्पन्न पछिल्लो अवस्थाबारे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेंलले प्रदेशस्थित सुरक्षानिकायहरुसँग छलफल गरेका छन । मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री कडेलले आन्दोलनका नाममा भएको हिंसा र तोडफोडका कारण नागरिक त्रसित रहेकोले आश्वस्त पार्ने गरि काम गर्न चारैवटै सुरक्षा निकायलाई आग्रह गरे ।