नेतृत्वले सत्तालाई खेल सम्झिरहेसम्म देश उज्यालो हुँदैन : डा. सुनिल शर्मा
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य डा. सुनिल कुमार शर्माले पार्टीको हालको अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेसभित्र आत्मसमीक्षा र नवनिर्माणको आवश्यकतामाथि जोड दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका विचारहरूमा पार्टी नेतृत्वप्रति आक्रोश, नीति–निर्णयमा देखिएको असफलता, गुटबन्दी, भ्रष्टाचार, सेवा प्रवाहको असमानता लगायत विषयमा तीखा टिप्पणी गरेका छन् ।
