केपी ओली र रमेश लेखकलाई तत्काल पक्राउ गरियोस् : जेनजी
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई तत्काल पक्राउ गर्न जेनजीले माग गरेका छन् । शुक्रबार काठमाडौँको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत जेनजीले आन्दोलन दबाउन राज्यसत्ता र संरचना दुरुपयोग गरिएको आरोप लगाउँदै उनीहरूलाई कारबाही गर्नुपर्ने माग राखेको हो ।
