जेनजी आन्दोलनमा सहिद भएकाहरुको सम्झनामा जाजरकोटमा दीप प्रज्वलन
जाजरकोट : जेनजी आन्दोलनको क्रममा सहिद भएकाहरुको १३ औं दिनमा जाजरकोटमा दीप प्रज्वलन गरिएको छ। नेपाली कांग्रेस जाजरकोटको आयोजनामा सदरमुकाम खलंगामा शनिबार बेलुका दीप प्रज्वलन गरिएको हो। गत भदौ २३ र २४ गते काठमाडौं लगायत देशका विभिन्न ठाउँमा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका ७४ जना सहिदको सम्झनामा दीप प्रज्वलन गरिएको नेपाली कांग्रेस जाजरकोटका प्रवक्ता छवि पन्तले बताए।
